sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वेच्छाचारी ढंगबाट हवाई भाडा बढाएकोप्रति नेविसंघको आपत्ति

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १३:0९
स्वेच्छाचारी ढंगबाट हवाई भाडा बढाएकोप्रति नेविसंघको आपत्ति

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले स्वेच्छाचारी ढंगबाट हवाईभाडा बढाएकोप्रति आपत्ति जनाएको छ । चाडपर्वको मौका छोपेर हवाई भाडामा मनपरीढंगबाट बृद्धि गरिएको प्रति नेविसंघले आपत्ति जनाएको हो ।

उक्त कार्य नियन्त्रणमा लिएर यात्रुहरूलाई सहज र सर्वसुलभ तरिकाले हवाई यात्रा गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै हवाई टिकटको मूल्य नियन्त्रण गर्न माग गरेको छ ।

अध्यक्ष दुजाङ शेर्पाले मन्त्री सुदन किरातीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा स्वेच्छाचारी ढंगले हवाई टिकट मूल्य निर्धारण गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न भनेका हुन् ।

तत्काल उक्त जनता विरोधी कार्यको अनुगमन गर्दै सूक्ष्म निगरानी समेत गर्न नेविसंघले माग गरेको छ ।

देशका केही हिमाली जिल्लाहरू सम्म पुग्न हवाई यातायात मात्र विकल्पको रुपमा रहेको तर सरोकारवालाको अकर्मण्यताका कारण आम सर्वसाधारण हप्तौं दिन सम्म विमानस्थल धाउनुपर्ने परिस्थिति अन्त्य गर्न समेत नेविसंघले माग गरेको छ । त्यसका लागि चाडबाडका हिमाली तथा दुर्गम जिल्लामा आवश्यकता अनुसार हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन समेत माग गरिएको छ ।

आम सर्वसाधारणले भोग्नु परेका समस्या समाधान गर्न मन्त्रालय स्तरमा र अन्तर्गतका निकायहरूले अविलम्ब ठोस निर्णय गर्न नेविसंघले माग गरेको छ ।

त्यस्तो नगरेको खण्डमा आम नेपाली जनताले चाडपर्व हर्ष उल्लासका साथ मनाउन पाउनुपर्ने अधिकारबाट वञ्चित हुने नेविसंघको भनाई छ ।

हवाई सुरक्षालाई समेत मध्यनजर गर्दै हवाई यातायातको भाडामा भएको अनियमितता रोक्न, हवाईजहाजको टिकटमा सबैको समान पहुँच हुने गरि व्यवस्था मिलाउन, हवाई टिकटको भाडामा एकरूपता कायम गर्न, विद्यार्थीहरुलाई हवाई जहाजको टिकटमा सहुलियत प्रधान गर्न र नियमित हवाई यातायात सञ्चालन गर्न नेविसंघले माग गरेको हो ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid