April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने

राष्ट्रको ढुकुटी बचाउँदै राजनीतिक संकट पार गरियो : नवनियुक्त मुख्यमन्त्री

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:00
राष्ट्रको ढुकुटी बचाउँदै राजनीतिक संकट पार गरियो : नवनियुक्त मुख्यमन्त्री
  • तत्कालका लागि प्रदेशको संकट टरेको अवस्था 
  • चुनावमार्फत राष्ट्रको ढुकुटी खर्च हुने चिन्ता टरेको घोषणा
  • प्रदेशको राजनीतिक संकट तत्कालका लागि समाधान

विराटनगर ।।

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तत्कालका लागि प्रदेशको संकट टरेको बताएका छन् । उनले प्रदेशमा मध्यावधि चुनावमार्फत राष्ट्रको ढुकुटी खर्च हुने चिन्ता टरेको घोषणा गरे । नेकपा (एमाले)का सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आज दुई मन्त्री नियुक्त गर्दै शपथ खाएका छन् । कार्कीले विश्वासको मत नपाए प्रदेशमा मध्यावधि घोषणा गर्नुपर्ने हुन्छ ।

“प्रदेशको राजनीतिक संकट तत्कालका लागि समाधान भएको छ । प्रदेशसभा विघटन हुन्छ कि, प्रदेश मध्यावधिमा जान्छ कि, राज्यको ढुकुटी बीचैमा खर्च हुन्छ कि भन्ने जो चिन्ता थियो, प्रदेशवासीलाई त्यो अहिले समाप्त भएको छ,” मुख्यमन्त्री कार्कीले भने, “अर्को यहीँभित्र उठेका सामाजिक, सांस्कृतिक र अरु विषयहरु छन् । ती विषयहरु हामी गम्भीरतापूर्वक, वार्ताद्वारा, सहमतिद्वारा प्रदेशको सद्भाव र समृद्धिका लागि टुंग्याउन हामी चाँडै छलफल थालेर निकासका लागि काम गर्नेछौँ ।” उनले प्रदेश सरकारको प्राथमिकतामा भौतिक विकास मात्र नभएर मानवीय विकास पनि पर्ने बताए ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट