April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

गठबन्धन मलाई मन पर्दैन : गगन थापा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:२३
गठबन्धन मलाई मन पर्दैन : गगन थापा
  • आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने
  • हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ
  • माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू म संग आए 

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने बताएका छन् ।  प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए । “गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन । कसैले नसोचे हुन्छ,” उनले भने, “हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ ।”

उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए ।  उनले वाग्मती प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू आफूकहाँ आएको सुनाए । आफूले सभापतिलाई सोध्नुस् भनेको सुनाए । “वाग्मती प्रदेशमा माओवादी मान्दिन हामीसँग यति सांसद छन् । सरकार फेर्नु पर्‍यो भन्दै बिहान आउनुभयो । मैले यसलाई धेरै थाहा छैन सभापति र वरिष्ठ नेताहरूलाई सोध्नुस् भने,” उनले भने ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट