May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस

विश्व कप क्रिकेट : अस्ट्रेलिया र न्युजिल्यान्ड तथा बङ्लादेश र नेदरल्यान्ड्स खेल्दै

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:१५
विश्व कप क्रिकेट : अस्ट्रेलिया र न्युजिल्यान्ड तथा बङ्लादेश र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । बिहान पौने ११ बजे शुरु हुने आजको पहिलो खेलमा अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।

पाँच खेलबाट ६ अङ्क जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । समान पाँच वटै खेल खेलेको न्युजिल्यान्ड आठ अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै, दिउँसो सवा दुई बजे शुरु हुने आजको दोस्रो खेलमा बङ्लादेश र नेदरल्यान्ड्स खेल्नेछन् ।

बङ्लादेश पाँच खेलबाट २ अङ्कसहित आठौँ र समान पाँच खेलबाट २ अङ्क जोडेको नेदरल्यान्ड्स नेट रनरेटका आधारमा दशौँ स्थानमा छ । हिजो भएको खेलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाको ६ खेलबाट १० अङ्क भएको छ ।

भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट