sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२0
नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

नेपालसहित विश्वका १२० राष्ट्र इजरायल-हमासबीच जारी द्वन्द्वमा तत्काल मानवीय युद्धविरामको पक्षमा देखिएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको तत्काल मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १ सय २० राष्ट्रले मतदान गरेका छन्।

प्रस्तावको विपक्षमा भने इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन्। भारतसहित ४५ देश तटस्थ रहे। तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य गठनमा रहेका पश्चिमा राष्ट्रहरू छन्। प्रस्तावमा बिनासर्त मानवीय युद्धविरामका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनालाई जोड दिइएको छ। प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको रिहाइ र गाजामा सबै प्रकारका अत्यावश्यक वस्तुको आपूर्तिमा जोड दिइएको छ। ‘तत्काल, भरपर्दो र दियो मानवीय युद्धविराम जसले दुश्मनीलाई समाप्त गर्न सकोस्’भन्ने प्रस्ताव गरिएको छ।

महासभाले पारित गरेको प्रस्ताव मान्य बाध्यकारी नभए पनि इजरायल र हमासबीच जारी द्वन्द्वमा विश्व जनमत कतातर्फ छ भन्ने देखाउने आधार भने हुनेछ। अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि प्यालेस्टाइन भूभाग गाजामा इजरायलले हवाई आक्रमण गर्दै आएको छ। इजरायलले गरेको आक्रमणमा परी ७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। त्यसैगरी इजरायलले गाजामा अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि नाकाबन्दी गरेको छ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid