May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि

दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:४३
दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’

लेखक तथा पत्रकार मोहन मैनालीको नेपाल-अंग्रेज युद्धमा केन्द्रित ‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’ पुस्तक प्रकाशित हुने भएको छ ।

यस वर्षको दसैँको अवसर पारेर पुस्तक प्रकाशित गरिएको मैनालीले जानकारी दिएका छन् । पुस्तकमा १८७१-७२ सालको नेपाल-अंग्रेज युद्धमा खटिएका नेपाली र अंग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित चिठीपत्र, त्यसबारे लेखिएका किताबबाट पाएका जानकारीका आधारमा पुस्तक तयार पारिएको मैनालीले जानकारी दिएका छन् ।

‘पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्मका रणमैदानमा भएका सानाठूला लडाइँ, सुगौली सन्धि, चीनसँग गुहार मगाइलगायतका विषय समेटिएको यस किताबले त्यस लडाइँको पूर्ण चित्र प्रस्तुत गरेको छ,’ मैनालीले पुस्तकबारे भनेका छन्, ‘७३ हजार शब्दको मूल पाठ र १३ हजार शब्दको फुटनोट भएको यो किताब २६ खण्डमा विभाजित छ ।’

मैनालीले पुस्तकका कुनै पनि वाक्य यसअघि कतै प्रकाशित नभएको र ती ताजा र चोखा रहेको उल्लेख गरेका छन् । इलेक्ट्रोनिक र श्रव्य संस्करण मुद्रित संस्करण प्रेसबाट आउनासाथ पाठकसमक्ष समर्पण गरिने मैनालीले जानकारी दिएका छन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट