May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० ११:४३
स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

विराटनगर, १५ कात्तिक । मोरङको विराटनगर–६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मंगलबार विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नाबालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम नेपाली रुपैयाँ १००० दरको १६८७ थान र ५०० दरको १००० थान सहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान–१, रन्जितकुमार साहको नाममा रहेको NIC ASIA Bank को चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान–१, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट