काठमाडौं ।।
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १४औँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो । यूएईका आलिसान सराफुलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए ।
सराफु १६ रनमा पभेलियन फर्किए ।जारी खेलको १४ ओभर समाप्त हुँदा यूएईले चार विकेट गुमाएर ९० रन बनाएको छ । आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।