May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

जाजरकाेट भूकम्पमा नलगाड नगरपालिका उपप्रमुख सिंहकाे मृत्यु

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:२५
जाजरकाेट भूकम्पमा नलगाड नगरपालिका उपप्रमुख सिंहकाे मृत्यु

जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपप्रमुख सिंहको मृत्यु भएको पुष्टि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा २ जना, नलगाढ नगरपालिकामा ४ जना, कुशे गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको छ । मध्यराती भूकम्प आएका कारण विवरण संकलनमा भने समस्या भइरहेको छ ।

भुकम्पबाट के कति भयो भन्ने प्रारम्भिक विवरणहरु संकलन कार्य भईरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । ‘हामी क्षतीको बारेमा बुझ्दैछौं । रातीको समय भएकोले पनि विवरण बुझ्न कठिन भईरहेको छ, सदरमुकामबाहेकका अन्य क्षेत्रमा टेलिफोन सम्पर्क समेत हुन सकेको छैन ’ प्रजिअ सुनारले भने ।
सिंह गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट