May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

राउटेका महामुखिया शाहीको निधन

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:१६
राउटेका महामुखिया शाहीको निधन
  • राउटे समुदायका महामुखियाको निधन
  • शाहीको राउटे परम्परा अनुसार दाहसंस्कार गरियो 
  • महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झर्यो 
दैलेख ।।

लोपोन्मुख फिरन्ते जातिको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ। शाहीको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको हो। दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रअनुसार उनको जन्म मिति ९ भदौ २०१४ हो। राउटेहरु नागरिकता भने बनाउँदैनन्। शाहीको राउटे परम्परा अनुसार दाहसंस्कार गरिएको छ। शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन्।

उनका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो। त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो। १ सय ४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झरेको छ। फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ। उनीहरू जंगलमा बसाइँ सर्दै हिँड्छन्।

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।