May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा

कांग्रेसले सभाहल नपाएर बैठकको मिति नै सार्यो

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:३६
कांग्रेसले सभाहल नपाएर बैठकको मिति नै सार्यो
  • नेपाली कांग्रेसको महासमिति बैठकको मिति सार्यो 
  • मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय
  • कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीस्थित हलमा गरिने

काठमाडौं ।।

नेपाली कांग्रेसको महासमिति बैठकको मिति सारिएको छ । महासमिति बैठक आउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । यसअघि, महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने भनिएको थियो । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट महासमिति बैठक सार्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

“तत्कालै हलको अभाव । दोस्रो, भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएको कारणले हो,” उनले भने, “अर्कोतिर, हलका लागि प्राविधिक केही कठिनाइ भयो । क्षमता पुग्ने हल काठमाडौंमा भएन भने बाहिरको हल बुकिङ गर्दा गोदावरी जानुपर्ने भएकाले त्यो समयमा मात्र हल उपलब्ध हुने भएपछि हामीले मंसिरको २९, ३० र पुसको १ र २ गतेभित्र बैठक सम्पन्न गर्ने निर्णय गरेका छौँ ।” कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीस्थित हलमा गरिनेछ । यसअघि, सोही हलमा नेकपा (एमाले)को विधान अधिवेशन सम्पन्न गरिएको थियो ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट