July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

डिभोर्सको मुद्दा चल्दाचल्दै यौनशोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि पत्नीको अर्को जाहेरी

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:१९
डिभोर्सको मुद्दा चल्दाचल्दै यौनशोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि पत्नीको अर्को जाहेरी

काठमाडौं । न्यायपरिषद्का न्यायाधीश भुवन गिरीमाथि कान्छी पत्नी आरती रावलले अर्को जाहेरी दर्ता गरेकी छन् ।

उनले आफूमाथि श्रीमानले फेरि बलात्कार गरेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटीमा हिजो जाहेरी दिएकी हुन् ।

३९ वर्षीय रावलले यसअघि गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई जिल्ला अदालत कपिलवस्तुमार्फत पक्राउ पुर्जी जारी गरेको थियो ।

गिरीलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु पठाइसकेको छ ।
पक्राउ पुर्जी जारी भइसकेपछि पनि गिरीले आफ्नै कोठामा आएर बलात्कार गरेको भन्दै रावलले हिजो अर्को जाहेरी दिएकी हुन् ।

रावलले जाहेरीमा उल्लेख गरेअनुसार गिरीले उनलाई अस्ति फोन गरेर एकपटक जसरी पनि भेट्न आग्रह गरेका थिए ।
त्यसपछि उनीहरूको भेट सुन्धारास्थित काठमाडौं मलमा भएको थियो ।

भेटपश्चात आफ्नो मोबाइलसमेत कब्जामा लिएर गिरीले मुद्दा फिर्ता लिन दबाब दिएको रावलको आरोप छ ।
आफूले नमानेपछि पछ्याउँदै गोंगबुस्थित आफ्नो कोठामै आएको उनले बताएकी छन् ।

यो पनि पढ्नुहाेस्- न्यायाधीश गिरीले हिजो राति आफ्नै कोठामा आएर जबरजस्ती गरेको पत्नीको आरोप

रावल अहिले गोंगबुमा कोठा भाडामा लिएर एक्लै बस्दै आएकी छन् । उनकै कोठामा गिरीले सोमबारको रात बिताएका थिए ।
त्यसक्रममा आफूलाई रातभर बलात्कार गरेको रावलले जाहेरीमा उल्लेख गरेकी छन् ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म ८ पटक बलात्कार गरेको उनको आरोप छ । भोलिपल्ट बिहान गोङ्गबु प्रहरीले कोठामै आएर गिरीलाई पक्राउ गरेको थियो ।

न्यायाधीश गिरीसँग आफ्नो विवाह २०७५ सालमा भएको तर आफूलाई केवल यौनदासीका रूपमा व्यवहार गरेको रावलको आरोप छ ।
विवाहपश्चात् आफ्नो गर्भ बसेपछि श्रीमानले गर्भपतन गर्न दबाब दिएको तर नमानेपछि कुटपिट गरेको उनले बताएकी छन् ।

कुटपिटबाट आफ्नो गर्भ खेर गएको उल्लेख गर्दै रावलले त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय धनगढीमा जाहेरी दिएको तर चौतर्फी दबाबपछि फिर्ता लिन बाध्य भएको उल्लेख गरेकी छन् ।

त्यसपश्चात् पनि श्रीमानबाट जबरजस्ती करणी, कुटपिट र यातना जारी रहेको भन्दै दोस्रो पटक उनले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी हुन् ।
उनको जाहेरीपछि न्यायाधीश गिरीले बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दिएका छन् । सो मुद्दा विचाराधीन छ ।

डिभोर्सको मुद्दा चलिसकेको अवस्थामा यदि श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेको खण्डमा त्यसलाई ‘वैवाहिक बलात्कार’ नभएर सिधै ‘बलात्कार’ मान्ने कानूनी व्यवस्था छ ।
त्यसमै टेकेर अहिले रावलले श्रीमानविरुद्ध बलात्कारको अर्को जाहेरी दिएकी हुन् ।

यता, गिरीले पनि रावलमाथि कुनै मुद्दा हाल्न बाँकी राखेका छैनन् । उनले आफ्नो कोठाबाट पैसा चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए भने बाँके जिल्ला अदालतमा रावलमाथि मानहानीसम्वन्धी सात वटा मुद्दा हालेका छन् ।

रावल न्यायाधीश गिरीकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीलाई अंश दिएपनि उनीसँग गिरीले सम्बन्धबिच्छेद गरेका छैनन् । जेठीपट्टीबाट गिरीका ४ सन्तान छन् ।

यस प्रकरणमा न्यायपरिषद्ले समेत गिरीमाथि छानबिन थालेकाे छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट