April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

भूकम्पबाट ३ हजार ७७० घरमा क्षति

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १३:३५
भूकम्पबाट ३ हजार ७७० घरमा क्षति
  • भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति
  • ८ वटा जिल्लाका घरहरुमा क्षति 
  • सबै जिल्लाको विवरण आउन बाँकी 

काठमाडौं ।।

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, प्युठान लगायतका जिल्लाका घरमा क्षति गरेको हो । भूकम्पले ९३२ घरमा पूर्ण र दुई हजार ८३८ घरमा आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पश्चिम जिल्लामा पनि ठूलो क्षति गरेको भए पनि त्यहाँ के कति घरमा क्षति गरेको छ त्यसको विवरण यहाँ जोडिएको छैन ।

रुकुम पश्चिममा क्षति भएका घरको विवरण संकलन गर्ने कार्य भइरहेको शाखाले जनाएको छ । शाखाका अनुसार जाजरकोटमा दुई हजार ६८५ घरमा आंशिक र ९०५ घरमा पूर्ण क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वको १९, सल्यानको ९७, दाङको ६, प्युठानको २९ र नवलपरासी पूर्व र दैलेखका एक/एक घरमा आंक्षिक क्षति गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट