sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खोई राहत सरकार : भुकम्प पिडित

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १२:२६
खोई राहत  सरकार : भुकम्प पिडित

काठमाण्डाै – जाजरकोटका भूकम्प पीडितहरुले अझै पनि राहत नपाएको गुनासो गरेका छन् ।

परिवारका चार सदस्य गुमाउनुभएका नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले अहिले शोकसँगै गाउँमा भोक पनि शुरु भएको बताउनुभयो । मानिस मरेको शोकसँगै रात कटाउन छानो र पेट भर्नका लागि खाना नपाएर गाउँमा समस्या आएको उहाँको भनाइ छ ।

नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि अहिलेसम्म दुई सय ५० मात्र पुगेको नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले बताउनुभयो । नगरपालिकाले सक्दो प्रयास गरिरहेको भए पनि आफूहरुको क्षमताभन्दा माथिको समस्या आएको नलगाडका मेयर डम्बर रावतले बताउनुभयो ।

नलगाड नगरपालिकामा ५४ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । यस्तै, बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पनि राहत नपुग्दा समस्या भएको बताउनुभयो । धेरै घर नढलेका भए पनि बस्न नमिल्ने भएकाले स्थानीयलाई समस्या भएको उहाँले बताउनुभयो ।

गएराति पनि बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीहरु पनि खुल्ला आकाशमै बस्न बाध्य भएका छन् । राहत सामग्री प्राप्त हुने र प्रभावित क्षेत्रमा पठाउने काम भइरहेकोले आजदेखि सबै क्षेत्रमा राहत वितरण हुने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

रुकुम पश्चिममा पनि आजदेखि राहत वितरण थप तीव्र हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । गएको शुक्रवार रातिको भूकम्पका कारण एक सय ५७ जनाले ज्यान गुमाएका छन् । सबैको शव आफन्तहरुले बुझिसकेका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid