sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाटन हस्पिटलका २ डाक्टरमाथि कुटपिट

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:३४
पाटन हस्पिटलका २ डाक्टरमाथि कुटपिट

ललितपुर । डाक्टरहरु कुटिने क्रम जारी छ । पाटन हस्पिटलका २ जना डाक्टरहरुमाथि कुटपिट भएको छ । दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू यतिखेर आन्दोलित भएका छन् । अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरलाई आक्रमण गरेका हुन् ।

डाक्टरले सुई लगाएपछि दुई जना विरामीको मृत्यु भएको बताईएको छ । ओखलढुंगा घर भएका वर्ष ८६ का जनमाया राई र मकवानपुर घर भई पाटनढोका बस्ने ६८ कृष्ण बहादुर नगरकोटीको सुई लगाएपछि मृत्यू भएको भन्दै मृतकका आफन्तहरु आक्रोशित भएका छन् ।

उक्त घटना भने शनिबार साँझ ७ बजेतिर भएको घटना हो । आक्रोशित भएका बिरामीका आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरलाई कुटपिट गरेको बताइएको छ । मृतकका आफन्तले सुईमा गलत औषधिको प्रयोगका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन ।

शनिबार साँझ ओखलढुंगाकी ८२ वर्षीया एक वृद्धाको समेत उपचारका क्रममा सोही वार्डमा मृत्यु भएको थियो। तर डाक्टरहरुले भने, डाक्टरमाथि आक्रमण गर्ने पक्षको उक्साहटमा लागेर उनीहरुले आफ्नो बिरामीलाई पनि गलत उपचार गरेको आरोप लगाएको बताएका छन ।

तर त्याहाँका प्रत्यक्षदर्शीहरुले भने गलत औषधिकै कारण मृत्यु भएको हुन सक्ने बताएका छन । किनकि सुई दिईसकेपछिनै छटपटाउदै मृत्यु भएको त्याहाँ रेका अन्य विरामि तथा प्रत्यक्षदर्शीले बताएका छन । त्यसकारण त्याहाँ उपचारारत अन्य बिरामी पनि त्रसित भएका छन । बाँकि उपचार यहिँ गरौकी अन्तै गरौ भन्ने अन्योलमा रहेका छन ।

डाक्टरहरुले भने कुटपिट गर्ने माथि सत्यतथ्य छानविन गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन समेत बुझाएका छन । आइतबार भने टिकट काटिसकेको कारण केहीबेर ओपीडी चले पनि सोमबारबाट बन्द गरिने डाक्टरहरूले विज्ञप्ति निकाल्दै चेतावनी दिएका छन ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid