sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भद्रपुरमा धनीपूर्जाका लागि दुई हजार बढीको निवेदन, दुई सय ४५ ले पाए नाप नक्साको निस्सा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:२८
भद्रपुरमा धनीपूर्जाका लागि दुई हजार बढीको निवेदन, दुई सय ४५ ले पाए नाप नक्साको निस्सा

भद्रपुर, २१ कात्तिक । राष्ट्रिय भूमि आयोगले भद्रपुर नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नाप नक्साको निस्सा वितरण शुरु गरेको छ ।

भद्रपुर नगरपालिका मार्फत संकलन गरिएको भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी मध्ये आयोगले आइतबार पहिलो चरणमा वडा नम्बर १ र २ का दुई सय ४५ जनालाई नाप नक्साको निस्सा वितरण गरेको हो ।

वडा कार्यालयहरूमा आयोजित कार्यक्रमका बीच वडा नम्बर १ का ४० जना भूमिहीन सुकुम्बासी, १४ जना भूमिहीन दलित र ४२ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ । त्यस्तै वडा नम्बर २ का १८ जना भूमिहीन सुकुम्बासी र एक सय ३१ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ । उनीहरूलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, भद्रपुर नगर प्रमुख गणेश पोखरेल लगायतले निस्सा वितरण गरेका थिए ।

नगर क्षेत्रका दुई हजार ७० परिवारले लालपुर्जाका लागि नगरपालिकामा निवेदन दर्ता गराएका छन् । जसमा भूमिहीन सुकुम्बासी नौ सय दुई, दलित भूमिहीन ९१ र अव्यवस्थित बसोबासी एक हजार २८ जना रहेको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले जानकारी दिए ।

दुई हजार ७० मध्ये ४९ जनाको निवेदन अपूर्ण रहेको उनको भनाइ छ । करिब २९ सय परिवारले सम्बन्धित वडाहरूमा निवेदन दर्ता गराए पनि मापदण्ड नपुगेकाहरूलाई हटाइएको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid