July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तिहारका लागि माटोको पाला बनाउन भ्याईनभ्याइ

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:0७
तिहारका लागि माटोको पाला बनाउन भ्याईनभ्याइ
  • माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ
  • तिहारमा माटामा पाला लगायतका भाँडाहरु मागअनुसार बनाउन समय मिलेन 
  • माटो अभावका कारण पाला बनाउन समस्या

काठमाडौं ।।

 तिहार लागेसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ छ । दशैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याईनभ्याइ भएको हो । उनीहरुले यो वर्षको तिहारमा माटामा पाला लगायतका भाँडाहरु मागअनुसार बनाउन नसकेको बताए । अन्य समयमा भन्दा तिहारको समयमा धेरै माग हुने गरेको व्यवसायीहरु बताउँछन् । भक्तपुर नगरपालिका-४ का गणेशकुमार प्रजापतिले बजारमा प्लास्टिकका दियोहरु आएकाले माटोका पालाहरुको माग कम भएको जनाए । व्यवसायी प्रजापतिले माटोको पाला बनाउनसके बजारमा माग धेरै रहेको जनाए ।

उनले प्लास्टिकका दियोहरु बजारमा आएकाले माटोका पाला व्यवसायमा समस्या भने आएको उल्लेख गरे । उनले माटो अभावका कारण पाला बनाउन समस्या भएको जनाए । विगतमा माटो किन्नु नपर्ने भएपनि अहिले माटोसमेत किन्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘पहिला पहिला माटो किन्नु पर्दैन थियो । अहिले किन्नु पर्छ । बजार मूल्य बढेको छैन । त्यसैले माटो पनि किन्नु पर्दा केही मर्का परेको छ,’ उनले भने । प्रजापतिले माटो किन्नुपर्ने भएकाले पाला लगायतका माटोका भाँडा बनाउने पेशा संकटमा परेको जनाए ।

उनले पाला मात्र नभएर माटोका भाँडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाँडाहरु पोल्ने स्थानको अभाव रहेको दुःखेसो गरे । उनले माटोको पाला ठूलो भाँडा बनाउन नजान्नेहरुले बाह्रै महिना बनाउने तर धेरैले दशैँ सकिने बित्तिकै बनाउन सुरु गर्ने गरेको जानकारी दिए । भक्तपुरका प्रजापति समुदायले बनाएको माटोको पाला उपत्यका तथा बाहिर निकै परिचित छ । मौलिक परिचयका कारण उपत्यका बाहिर सिन्धुपाल्चोक, पोखरा, काभ्रे, धरान लगायत विभिन्न जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् । माटोको पाला लक्ष्मी पूजाको दिन धेरै प्रयोग हुने गर्छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट