sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

औंला पड्काउने बानी छ सावधान यस्तो बानीले निम्त्याउन सक्छ यस्तो खतरा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:४३
औंला पड्काउने बानी छ सावधान यस्तो बानीले निम्त्याउन सक्छ यस्तो खतरा

अल्छी लाग्दा औंला, घाँटी पड्काउने धेरैको बानी हुन्छ । कम्प्युटरमा काम गर्दा वा केही सोच्दा बारम्बार आफ्नो औंला पड्काउने धेरैले गरिरहेका हुन्छन् । यसले आलस्य र थकानबाट छुटकारा दिने उनीहरुको तर्क हुन्छ ।

तर प्रश्न उठ्छ त्यसो गर्नु सही हो कि गलत ? के यसो गर्दा औंला र घाँटीलाई साँच्चै आराम मिल्छ कि हानि हुन्छ ?हड्डीको जोर्नीमा जुन तरल पदार्थ हुन्छ, त्यसमा रहेको फोका फुट्नाले यस्तो आवाज निस्कने गर्छ । औंला वा घाँटी पड्काउने बानी राम्रो होइन, यसले जोर्नीमा असर पुर्‍याउन सक्छ ।

बारम्बार औंला पड्काउँदा जोर्नीका कोषिकाहरु बिग्रन थाल्छन् । जसकारण हातको जोर्नीको पकड कमजोर हुन्छ । बारम्बार औंला पड्काउँदा केही समयपछि जोर्नी सुन्निने र दुख्ने हुन सक्छ ।

लामो समय पड्काउँदा हड्डी कमजोर हुन सक्छ ।औंला पड्काउँदा तत्काल दुखाइ हुँदैन, तर बिस्तारै औंलाको जोर्नीमा दुखाइ हुन थाल्छ । किनभने बारम्बार औंलाहरू पड्काउँदा तिनीहरू बीचको तरल पदार्थ कम हुन थाल्छ । तरल पदार्थ धेरै कम भयो भने बाथको समस्या हुन सक्छ । यदि बाथरोगबाट पीडित व्यक्तिको औंला पड्काउने बानी छ भने उसको लागि अझ हानिकारक हुन सक्छ ।

कतिपयको औंलासँगै घाँटी र ढाड पनि पड्काउने बानी हुन्छ । घाँटी र ढाड पड्काउँदा जोर्नीमा खुकुलोपनको समस्या हुन सक्छ, यसले जोर्नीलाई कमजोर बनाउँछ ।

ध्यान दिनुपर्ने कुरा

औंला पड्काउने बानी छ भने त्यो बानीलाई छोड्नुपर्छ । औंला वा गर्दनमा दुखाइ छ वा कडा भने त्यसलाई पड्काउनु भन्दा दुखाइको कारण पत्ता लगाउन चिकित्सकको सल्लाह लिनुपर्छ । फिजियोथेरापी गर्नुपर्छ ।

धेरै जोडले औंला पड्काउँदा कहिलेकाहीं औंला भाँच्चिने जोखिम पनि हुन्छ । यस्तो भएमा हाडजोर्नी विशेषज्ञको सल्लाह लिनुपर्छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid