sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपसभामुख इन्दिरा रानाको गुनासाे

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:१९
उपसभामुख इन्दिरा रानाको गुनासाे
  • नेपालमा जे गरे पनि नहुने समस्या देखिँदै
  • कोरोनाको बेलामा मैले खाना खुवाउँदा गाली खाएँ 
  • पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर फेरी गाली खाएँ 

काठमाण्डाै ।।

उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गर्नुभएकाे छ । आज शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयाे, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहाँ सफा गरेको छु । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गरे । केही गर्दा नहुने के यो देश ?’ उपसभामुख रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउनुभयाे । हरेक मानिसले घर बनाउँदै जाने हाे भने नेपालमा खेतीका लागि खाली जमिन बाँकी नरहने हुँदा अब ठूला महल बनाउने काम रोक्नुपर्ने उहाँले बताउनुभयाे । दुई/तीन जनाका लागि हरेकले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने उहाँकाे भनाइ छ ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पद सम्हाले लगत्तै काठमाण्डाैका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरूले नै असहयोग गरेकोप्रति रानाले दुःख व्यक्त गर्नुभयो । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष पनि संयुक्त राष्ट्रसङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटाैँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्णरूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्रसङ्घका अनुसार विश्वका साढे तीन अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid