May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

दुर्गा प्रसाई कालो सुचिमा परेका छैनन् : सम्पत्ति शुद्धिकरण अनुसन्धान

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:२४
दुर्गा प्रसाई कालो सुचिमा परेका छैनन् : सम्पत्ति शुद्धिकरण अनुसन्धान

काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाई यहि मंसिर ७ गते हुने राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा होमिएका छन्। उनको पक्षमा हजारौ नेपाली नागरिक उभिएका छन्। उनलाई बेला बेलामा अनेक आरोप समेत लाग्दै आएको छ। उनले कसरी सम्पती जोडे भन्ने बारेमा सम्पती शुद्धिकरण अनुसन्धान विभागमा समेत उजुरी परेको थियो।
व्यवसायी प्रसाईलाई विरुद्ध २०७६ सालमा सम्पती शुद्धिकरणको उजुरी परेको थियो। तर,प्रसाईले सम्पती शुद्धिकरण उजुरीमा आफु कतै पनि कालो सुचिमा नरहेको कुरा सार्वजनिक गरेका छन्। उनले हालै आफ्नो बारेमा जानकारी दिएका हुन्। यति बेला प्रसाई विरुद्ध अनेक लान्छना लाग्दै आएको छ। तर,उनी निडरका साथ आफ्नो अभियान सफल बनाउन लागि परेका छन्। केहि दिन अघि आफ्ना अभियन्ताहरुलाई देश बचाउनका लागि काठमाडौंमा निर्णाक आन्दोलन गर्नुका लागि आह्वान गरेका थिए। सोही बमोजिम यतिबेला ७७ वटै जिल्लामा काठमाडौं आउने गाडीको व्यवस्था गरिएका छन्।
प्रसाईले भनेका छन्,‘ मंसिर ७ गते राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान घोषणा गरेको छु। तपाईहरु सामेल हुनु अति आवश्यक छ।’
देश दौडाहामा रहेका प्रसाई आफ्नो अभियान सफल पार्न ७ गते लाखौ मान्छे काठमाडौँमा उतार्न दलबलका साथ लागि परेका छन्। उनको आन्दोलनको घोषणालाई तुहाउनका लागि नेकपा एमालेका भातृ संगठन युवा संघ पनि विरोध सभामा ओर्लिन लागि परेको छ। शनिबार केपी शर्मा ओलीले शान्ती पुर्ण आन्दोलन गर्न समेत निर्देशन दिइसकेका छन्।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट