राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको अवस्था बुझ्न मध्य–पश्चिम पृतनाको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
पृतनापति उपरथी यामप्रसाद ढकालको नेतृत्वमा चार जनाको टोली आज बिहान सुडानतर्फ लागेको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ मा पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टोली दोहा हुँदै सुडानको जुबा गएको हो ।
टोलीले त्यहाँ तैनाथ शान्ति सेनाका विभिन्न युनिटहरुको निरीक्षण तथा नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उपरथी ढकालको टोली आगामी शुक्रबारसम्म त्यतै रहने जनाइएको छ ।