sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१६
भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् ।

लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो ।

लखीसरायका पुलिस अधीक्षक (एसपी) पंकज कुमारले बीबीसीलाई भनेका छन्, ‘आशीष चौधरी नामका एक युवकले करिब पाँच वर्षअघि दुर्गा नामकी एक युवतीसँग विवाह गरेका थिए । करिब डेढ वर्षपछि दुर्गाले आशिषको साथ छाडिन् र अर्का युवकका साथ बस्न थालिन् । आशिषले यसको विरोध गरिरहेका थिए । दुर्गा दुई दिनअघि मात्र छठ मनाउन आफ्नो माइती आएकी थिइन् । आशिषले दुर्गालाई आफूसँग बस्न आग्रह गरे । आशिषको यो कुरालाई दुर्गा र उनको परिवारले स्वीकार गरेन ।’

एसपी पंकज कुमारका अनुसार यही विषयमा आशिषले अन्य दुई जनाको साथ लागेर दुर्गाको परिवारमाथि गोलाबारी गरे । जसमा दुई जनाको ज्यान गयो । घाइते भएका चार जनालाई उपचारका लागि पटना पठाइएको बीबीसीले जनाएको छ ।

यो गोलाबारी त्यसबेला भयो जब दुर्गा र उनको माइतीहरु उदाउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्किरहेका थिए ।

एसपी पंकज कुमारका अनुसार आशिष अहिले फरार छन् । उनलाई पक्राउ गर्नका लागि प्रहरीले ठाउँठाउँमा छापा हानिरहेको छ ।

यो गोलाबारीपछि आशिषका एक सहयोगीलाई प्रहरीले पक्राउ गरिसकेको छ । हत्यामा प्रयोग गरिएको दुई मध्ये एउटा हतियारसमेत प्रहरीले बरामद गरिसकेको जनाएको छ । -बीबीसी

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid