अर्घाखाँची।।
अर्घाखाँचीको सुपा देउराली मन्दिरमा संकलन भएको भेटीबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ। मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुमका भुकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको सचिव हरि खनालले जानकारी दिए। बैठकले जिल्ला दैवीप्रकोप तथा विपद व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको हो। २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख सहयोग गरेको थियो।