April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

९ महिला र १२ पुरुषलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १0:४४
९ महिला र १२ पुरुषलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी
  • रास्वपाले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने
  • केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति
  • सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए । रास्वपाका एक नेताले अनलाइनखबरसँग भने, ‘सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भइसकेको छ ।’

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् । त्यसपछि महाधिवेशनको विधि प्रक्रिया, सांसद स्वणिर्म वाग्लेलाई उपसभापति बनाउने र केन्द्रीय सदस्य थप्ने लगायतका निर्णय हुने एक नेताले बताए ।

प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । उनीहरु सबैलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् । केन्द्रीय सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी छ । यसअघि बैठकमा महाधिवेशनको विधि प्रक्रियाको विषयमा छलफल भएको थियो भने संसदीय फाँटको रिपोर्टिङ प्रमुख सचेतक सन्तोष परियारले गरेका थिए । प्रदेश सभापतिहरुले संगठनात्मक अवस्थाबारे धारणा राखेका थिए ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट