May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:२५
बलात्कार घटनाका दोषी कराते प्रशिक्षकलाई ८ वर्ष जेल र ३ लाख जरिवाना

सामूहिक बलात्कार घटनामा दोषी ठहर भएका कराँतेका दुई प्रशिक्षकलाई मोरङ जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ।

विराटनगर–३ र विनोद राउत र विराटनगर–४ का अमर सुवेदीलाई समान ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला भएको हो। बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सो फैसला गरेको हो।

जबरजस्ती करणीतर्फ ७ र सामूहिक करणीतर्फ १ गरी दुवैलाई समान ८ वर्षको कैद सजाय भएको छ। अदालतले एक साताअघि दुवै जनालाई कसूरदार ठहर गरे पनि सजाय भने तोकेको थिएन।

राउत र सुवदी दुवै जना राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक हुन्। गत वर्ष जेठमा दुवै जनाविरुद्ध विराटनगरको एक होटलमा सामूहिक बलात्कार गरेको भनेर इटहरीकी एक युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि दुवै २०७९ साउन ८ गते पक्राउ परेका थिए।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।