sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:२१
कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार
  • सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द
  • गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम
  • बिहीबार कारोबार रकम भने बढेको अवस्था 

काठमाडौं ।।

सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द भएको छ । सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको हो । सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ ।बिहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको कारोबार भयो । कुल ३२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ६ को स्थिर रह्यो ।

सबै क्षेत्रका सूचकहरु घटेका छन् । फाइनान्स र होटल समूहको सूचक सबैभन्दा धेरै १.५ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ १०, विकास बैंक २१, फाइनान्स २६, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा १००, उत्पादन तथा प्रशोधन ३८, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६५, अन्य ७ र ब्यापार उपसमूह ९ अंक घटे । रुरु जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो ।

छिमेक लघुवित्तको ३.४ तथा मिथिला लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो । विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत घट्यो । खानीखोला हाइड्रोको मूल्य ५.६, कुथेली बुकरीको मूल्य ५.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स संस्थापक समूह, सोनापुर मिनरल्स, युनाइटेड इदी मर्दी, सोल्टी होटल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid