sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेलम्चीको पानी छिट्टै वितरण हुन्छ : खानेपानीमन्त्री यादव

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० 0७:५७
मेलम्चीको पानी छिट्टै वितरण हुन्छ : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा छिट्टै वितरण हुने बताएका छन् । उनले मेलम्चीबाट काठमाडौँमा पानी पठाउन बाढी र पहिरोबाट क्षतिग्रस्त हेडवक्र्सको काम तीव्र गतिमा भइरहेको बताउँदै गत वर्षको तुलनामा यो वर्ष मुहानस्थलमा बढी नै क्षति पु¥याएकाले पानी वितरण केही ढिलो भएको स्पष्ट पारे ।

हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) स्थलगत अनुगमनको क्रममा खानेपानीमन्त्री यादवले काठमाडौँमा मेलम्चीको पानी नियमित वितरण गर्न तथा सो आयोजनालाई स्थायित्व दिन आयोजनाको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमनमा पुग्नुभएका मन्त्री यादवले काठमाडौँ पानी पठाउन सुरुङमा पानी पथान्तरणको सुनिश्चितता गरेपछि मात्र आफू काठमाडौँ फर्किने प्रतिबद्धता गरे । उनले मन्त्रालयको टोलीसहित आफूहरू चार÷पाँच दिनसम्म मुहान क्षेत्रमै बस्ने जानकारी दिए ।

उनले भने, “एक÷दुई दिनमा मुहानस्थलसम्म पुग्ने बाटो निर्माण हुन्छ । त्यसपछि मुहानस्थलमा काम सुरु हुन्छ । चाँडोभन्दा चाँडो काठमाडौँमा पानी पठाइने छ । प्राविधिक रूपले केही ढिलो भए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन यहाँका स्थानीय जनता एकमत रहेका र उहाँहरूको महŒवपूर्ण योगदान रहेको छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक अन्सारीले बाहिर भने जस्तो पानी पठाउन सजिलो नरहेको बताउँदै पानी पथान्तरण गरिने सुरुङमा समस्या नभए पनि पानी बगाउन प्रयोग गरिने प्रेसरसुरुङमा समस्या रहेको बताए ।

उनले भने, “हेडवक्र्स क्षेत्रमा १५ मिटर गहिरो पुरिएको छ । त्यहाँ जम्मा भएका ढुङ्गा बालुवा पूरा सफा नगरिएसम्म पानी पठाउने प्रणाली सञ्चालनमा ल्याउन सकिँदैन । मुहानसम्म पुग्ने बाटो निर्माणसँगै हेडवक्र्स क्षेत्रको काम सुरु हुन्छ ।” उनका अनुसार बाटो निर्माण र हेडवक्र्स क्षेत्रको सफाइका लागि चार वटा डोजर परिचालन गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० 0७:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid