May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

मेलम्चीको पानी छिट्टै वितरण हुन्छ : खानेपानीमन्त्री यादव

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० 0७:५७
मेलम्चीको पानी छिट्टै वितरण हुन्छ : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा छिट्टै वितरण हुने बताएका छन् । उनले मेलम्चीबाट काठमाडौँमा पानी पठाउन बाढी र पहिरोबाट क्षतिग्रस्त हेडवक्र्सको काम तीव्र गतिमा भइरहेको बताउँदै गत वर्षको तुलनामा यो वर्ष मुहानस्थलमा बढी नै क्षति पु¥याएकाले पानी वितरण केही ढिलो भएको स्पष्ट पारे ।

हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) स्थलगत अनुगमनको क्रममा खानेपानीमन्त्री यादवले काठमाडौँमा मेलम्चीको पानी नियमित वितरण गर्न तथा सो आयोजनालाई स्थायित्व दिन आयोजनाको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमनमा पुग्नुभएका मन्त्री यादवले काठमाडौँ पानी पठाउन सुरुङमा पानी पथान्तरणको सुनिश्चितता गरेपछि मात्र आफू काठमाडौँ फर्किने प्रतिबद्धता गरे । उनले मन्त्रालयको टोलीसहित आफूहरू चार÷पाँच दिनसम्म मुहान क्षेत्रमै बस्ने जानकारी दिए ।

उनले भने, “एक÷दुई दिनमा मुहानस्थलसम्म पुग्ने बाटो निर्माण हुन्छ । त्यसपछि मुहानस्थलमा काम सुरु हुन्छ । चाँडोभन्दा चाँडो काठमाडौँमा पानी पठाइने छ । प्राविधिक रूपले केही ढिलो भए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन यहाँका स्थानीय जनता एकमत रहेका र उहाँहरूको महŒवपूर्ण योगदान रहेको छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक अन्सारीले बाहिर भने जस्तो पानी पठाउन सजिलो नरहेको बताउँदै पानी पथान्तरण गरिने सुरुङमा समस्या नभए पनि पानी बगाउन प्रयोग गरिने प्रेसरसुरुङमा समस्या रहेको बताए ।

उनले भने, “हेडवक्र्स क्षेत्रमा १५ मिटर गहिरो पुरिएको छ । त्यहाँ जम्मा भएका ढुङ्गा बालुवा पूरा सफा नगरिएसम्म पानी पठाउने प्रणाली सञ्चालनमा ल्याउन सकिँदैन । मुहानसम्म पुग्ने बाटो निर्माणसँगै हेडवक्र्स क्षेत्रको काम सुरु हुन्छ ।” उनका अनुसार बाटो निर्माण र हेडवक्र्स क्षेत्रको सफाइका लागि चार वटा डोजर परिचालन गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० 0७:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।