July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

टी–२० विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २३, २०८१ १0:५३
टी–२० विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

काठमाण्डाै – आईसीसी टी-२० विश्वकप क्रिकेटमा आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बाेहराले समान १ विकेट लिए ।

यसअघि अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ३५ रनाए । यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जाेडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लाेगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए ।

अब नेपालले लिग चरणकाे दाेस्राे खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्राे जुन १५ मा दक्षिण अफ्रिका र चाैथाे तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

यसैबीच समूह ‘बी’ मा इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचकाे खेल वर्षाका कारण नतिजाविहीन भएकाे छ । स्कटल्यान्डले १० ओभरमा १ विकेट पनि नगुमाई ९० रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण नतिजाविहीन भएकाे हाे ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवाैँ संस्करणकाे प्रतियाेगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २३, २०८१ १0:५३

प्रतिक्रिया

नेपाल अपडेट