sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब नयाँ युवा पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : विश्वप्रकाश शर्मा

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० ११:१५
अब नयाँ युवा पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : विश्वप्रकाश शर्मा
  • सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्न दिनु हुन्न 
  • समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह
  • सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब त्यो दिन नआओस्

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताएका हुन् ।शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न नहुने बताएका हुन् ।

‘आदरणीय सभापति ५/५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शिरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरु या आउ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले भन्न सक्नुपर्छ’, उनले भने । कांग्रेस सभापतिको शालीनता र सहृदयी भावनाका कारण त्यो दिन पनि आउने अपेक्षा गरेको महामन्त्री शर्माले बताए ।

लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा, गगन थापा र नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदैमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए । शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान गौतम बुद्धको आशीर्वाद माग्न चाहेको बताए ।

‘सभापति गइसक्नुभयो । नभए मैले सबैभन्दा बढी भगवान गौतम बुद्धको आशीर्वाद सभापतिको शिरमा माग्नेवाला थिएँ’, उनले भने, ‘…भगवान गौतम बुद्धका थुप्रै कुरा छन्, तर एउटै कुरा थप पुगिदिन्छ भन्ने कामना गर्न खोज्दैथिएँ । त्यो भनेको के हो भने भगवान गौतम बुद्धले वुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कुर्सीमा एक पटक पनि नबसिकन !’

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid