काठमाडौं । इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी पर्वतमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । २० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ ।
कुल ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका थिए । कतिपय घर फर्किसकेका छन् भने सिकिस्त घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विस्फोट भएको थियो ।