May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

कानुनबमोजिम एनसेललाई कारबाही गर्नुपर्छ : राप्रपा नेपाल

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:0६
कानुनबमोजिम एनसेललाई कारबाही गर्नुपर्छ : राप्रपा नेपाल
  • एनसेलको सेयर खरिद–बिक्रीबारे यथार्थ विवरण सार्वजनिक गर्न माग 
  • श्रीनिवास आचार्यलगायत व्यक्तिहरूलाई तत्काल रिहा गर्न पनि माग

काठमाडौं ।।

राप्रपा नेपालले एनसेलको सेयर खरिद-बिक्रीबारे यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । सो प्रकरणमा कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि पनि पार्टीले माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले दूरसञ्चार कानुनविपरीत हुने गरी एनसेलको सेयर खरिद-बिक्री भएको बारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“यस सन्दर्भमा नेपालको कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।यस्तै, काठमाडौंमा गरिएको प्रदर्शनका क्रममा पक्राउ गरिएका श्रीनिवास आचार्यलगायत व्यक्तिहरूलाई तत्काल रिहा गर्न पनि माग गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।