May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० ११:३५
अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल
  • एसीसी यू–१९ एसिया कपमा
  • अफगानिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
  • दुवै टिम आज पहिलो जितको खोजीमा

काठमाडौं ।।

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान देव खनालले फिल्डिङको निर्णय लिएका हुन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ ।

दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् ।

समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ । गत अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।