sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:४५
सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री
  • भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको आपत्ति 
  • दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न आग्रह
  • राम्रा काम दबाउने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादी सल्बलाउँदै 

काठमाडौं ।।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले यस्तो बताएका हुन् । उनले दुबईबाट फर्कंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमुना पाएको उल्लेख गरे । राष्ट्र, जनता, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको उनले बताए । उनले दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न पनि आग्रह गरे ।

“अर्बौँअर्बको पहिला–पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ एनसेलमा भनेर प्रचार भयो । म दुबईबाट फर्कंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमुनाको रूपमा त्यसलाई लिएँ । मैले बाहिर केही प्रतिवाद गरिनँ । मैले राष्ट्रको हितमा, जनताको हितमा, हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हितमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ,” उनले भने, “तपाईं कल्पना गर्नुस्, यति तलबाट मान्छेहरूले सोच्ने, भन्ने र खुला प्रचार गर्न सक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्नेबोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाइबाट, त्यही निचबाट होइन । यस्ता झुटो प्रचारहरू, यस्ता अरू पनि थुप्रै प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले सहिद, बेपत्ता योद्धाका परिवारलगायत पीडितलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

“मैले हिजो युद्धका क्रममा सहिद भएका परिवारहरू, बेपत्ता भएका योद्धाका परिवारहरू, सबैखाले पीडितलाई बालुवाटारमा बोलाएर प्रत्यक्ष संवाद भयो । तर, एकथरीलाई यो पचिरहेको छैन,” उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने लाग्यो यो सरकारले भनेर सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ । राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरू, अवसरवादीको काम हो । हाम्रो काम सच्चाइ अघि ल्याउने हो ।”

प्रधानमन्त्री प्रचण्डले राम्रा काम दबाउने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादी सल्बलाएको बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid