May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

चिकित्सा शिक्षा आयोगमा योग्यलाई पाखा लगाएर निर्देशकहरु छनोट गरियो : डा. गोविन्द केसी

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:५३
चिकित्सा शिक्षा आयोगमा योग्यलाई पाखा लगाएर निर्देशकहरु छनोट गरियो : डा. गोविन्द केसी
  • शिक्षा आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर
  • निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई सर्टलिस्ट गरेको भन्दै आपत्ति 
  • एक बोर्ड निर्देशक गरी चार जना निर्देशक मागअनुसार 

काठमाडौं ।।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई सर्टलिस्ट गरेको भन्दै आपत्ति जनाएका छन् । ‘एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ’, केसीले सोमबार विज्ञप्ति मार्फत भनेका छन् । त्यसो नहोस् भनेर बारम्बार चेतावनी दिंदा पनि खुलेआम त्यसरी सर्टलिस्ट गरिनु गलत हो भन्दै केसीले आयोगका निर्देशकहरु नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने पनि बताएका छन् ।

‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ’, केसीले भनेका छन्, ‘त्यस्तै चलखेल अन्तर्गत नियुक्तिको प्रक्रियालाई अहिले न्यायालयमा पुर्‍याएर अलपत्र पारिएको छ ।’ उच्च अदालतले समेत विषयवस्तुको संवेदनशीलता बुझ्न नसकेको भन्दै केसीले आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल स्वीकार्य नहुने बताएका छन् । छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा हुन नहुने केसीले बताएका छन् ।

‘त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौं’, केसीले चेतावनी दिएका छन् । नियुक्तिको प्रक्रिया अघि बढाउँदा कुनै पनि हालतमा दलीय भागबन्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न केसीले माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशक गरी चार जना निर्देशक माग गरेको थियो ।

जसमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयोजक र प्रा.डा रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गरेको थियो । जसमा डा. कृष्णसागर शर्मा, प्रा.डा गुरुप्रसाद खनाल, प्रा.डा दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, .प्रा. डा सरला श्रेष्ठ छन् । त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा परेका छन् । तर उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता भने रोकिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।