sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसीसी-१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १४:५६
एसीसी-१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।

झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकणर्ीले अविजित ४३ रनको योगदान गरे ।

जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्‍यो । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । उक्त समूहबाट पाकिस्तान र भारत सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ ।

त्यसअघि यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले अत्यन्तै फितलो ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रुपमा प्राप्त रन बढी रह्यो । नेपालले अतिरिक्त रुपमा १३ रन पाएको थियो । नेपालको अन्तिम विकेटका रुपमा हेमन्त धामी १८ बलमा आठ रन बनाउँदै आउट भए । उनको विकेट राज लिम्बानीले लिए । आकाश चन्द चार रनमा अविजित रहे ।

भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिएका थिए । उनले ९.१ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । आराध्य शुक्लाले पनि दुई विकेट हात पारेका थिए । आर्सिन अतुल कुलकणर्ीले एक विकेट लिएका थिए ।

यू-१९ एकदिवसीय क्रिकेटमा हालसम्म बनेको सबैभन्दा कम योगफल भने २२ रन हो । यू-१९ विश्वकपअन्तर्गत सन् २००४ को फेब्रुअरी २२ मा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमा स्कटल्यान्डको टोली केवल २२ रनमा अलआउट भएको थियो । त्यो खेलमा स्कटल्यान्डका ब्याट्सम्यानहरु २२.३ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । त्यो खेलमा स्कटल्यान्डको रन रेट ०.९७ रहेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid