sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्राधिकरणले पठायो भूकम्पपीडितको घर बनाउन १ अर्ब ४१ करोड

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:१६
प्राधिकरणले पठायो भूकम्पपीडितको घर बनाउन १ अर्ब ४१ करोड
  • प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु
  • आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा
  • ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता

काठमाडौं ।।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु गर्न अनुदान स्वरुप एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ । उक्त रकम मंसिर २५ गतेसम्म पठाइएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु गर्न पहिलो किस्ताका लागि उक्त रकम अनुदान स्वरुप पठाइएको हो । प्राधिकरणले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम जिल्लामा पठाएको हो ।

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा ५०-५० करोड रुपैयाँ, सल्यानमा दुई करोड रुपैयाँ, बाजुरामा १४ करोड रुपैयाँ र बझाङमा २५ करोड रुपैयाँ पठाइएको छ । प्राधिकरणले पठाएको रकममध्ये जिल्लाले हालसम्म स्थानीय तहलाई एक अर्ब तीन करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा गरेको छ । जाजरकोटले ४६ करोड ४३ लाख रुपैयाँ, रुकुम पश्चिमले ४३ करोड ५८ लाख ५० हजार रुपैयाँ, सल्यानले एक करोड ८० लाख रुपैयाँ, बाजुराले तीन करोड २० लाख ५० हजार रुपैयाँ र बझाङले आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा गरेको छ ।

जिल्लाले निकासा गरेको रकममध्ये स्थानीय तहबाट हालसम्म भूकम्पपीडितलाई १५ करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जाजरकोटका भूकम्पपीडितले एक करोड तीन लाख रुपैयाँ, रुकुम पश्चिमले १३ करोड आठ लाख ७५ हजार रुपैयाँ र सल्यानले एक करोड ३९ लाख ७५ हजार रुपैयाँ अस्थायी आवास बनाउन अनुदान स्वरुप पाइसकेका छन् । स्थानीय तहबाट हालसम्म ५१ हजार ८६३ लाभग्राही कायम भएको प्राधिकरणले जानकारी दिएको छ ।

कायम भएका लाभग्राहीमध्ये ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता भएको छ । भूकम्पपीडितको संख्या (लाभग्राही) ठूलो भएका कारण प्राधिकरणले पठाएको रकमले नपुग्ने जनाउँदै सम्बन्धित जिल्लाले अस्थायी आवास निर्माणको लागि थप रकम मागेका छन् । अस्थायी आवास निर्माणको लागि चार जिल्लाले दुई अर्ब ६० करोड ५० लाख रुपैयाँ थप रकम मागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जाजरकोटले एक अर्ब ५० करोड, रुकुम पश्चिमले एक अर्ब दुई करोड रुपैयाँ, सल्यानले आठ करोड रुपैयाँ र बाजुराले ५० लाख रुपैयाँ थप रकम मागेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid