April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

अर्थतन्त्रका बाह्य सूचक मजबुत, १३ महिनाको आयात धान्ने

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० 0८:२४
अर्थतन्त्रका बाह्य सूचक मजबुत, १३ महिनाको आयात धान्ने

अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ। विदेशी मुद्राको सञ्चिति आयातलाई करिब १३ महिना धान्ने अवस्थामा पुगेको छ। घाटामा गएको चालु खाता बचतमा आएको छ। शोधनान्तर करिब डेढ खर्ब बचतमा छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका बाह्य सूचक मजबुत देखिएका छन्। अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए।

‘बाह्य सूचक उत्साहजन छन्,’ श्रेष्ठले भने, ‘यसले आन्तरिक अर्थतन्त्र सुधारमा टेवा पुग्छ।’ ‘रेमिटेन्स आप्रवाहमा ह्वात्तै बढेको छ,’ श्रेष्ठले भने, ‘विदेशी मुद्रा सञ्चितिले आयातलाई १३ महिना धान्छ।’ अर्थमन्त्री महतका अनुसार आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह उत्साहजनक छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा विदेशबाट ४ खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स आएको छ। मुलुकभित्र रोजगारी सिर्जना नभएर बिदेसिनुपर्ने अवस्था सिर्जना हुन अर्थतन्त्रका लागि सुखद नभए पनि रेमिटेन्सले अर्थतन्त्रलाई भरथेग गरेको छ।

वैदेशिक रोजगारीसहित अवसरका लािग विदेश जाने बढेसँगै विदेशबाट रेमिटेन्स आप्रवाह पनि वृद्धि भएको हो। पोहोरको तुलनामा यो वर्षको कात्तिकसम्म विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेका छन्। बाह्य सूचकमा उत्साहजनक सुधारले आन्तरिक अर्थतन्त्र उकास्न टेवा पुग्छ। यो समाचार नागरिक दैनिकमा छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० 0८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट