April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

इन्जिनियरिङमा पैँसठ्ठी प्रतिशत भर्ना

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० 0८:३२
इन्जिनियरिङमा पैँसठ्ठी प्रतिशत भर्ना

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् ।

संस्थानका अनुसार आङ्गिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ । यो क्याम्पसले इन्जिनियरिङका १६ वटा विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

थापाथली क्याम्पसमा ४३२ वटा सिटमध्ये १०८ वटा मात्रै रिक्त छन् । पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ वटा सिटमध्ये ११७ वटा र धरानस्थित पूर्वाञ्चल क्याम्पसमा ५२८ वटा सिटमध्ये १०१ सिट रिक्त छन् ।

यी तीनै वटा क्याम्पसमा इन्जिनियरिङ विधा अन्तर्गत १४ वटा विषयको पढाइ सञ्चालन भइरहेको छ । संस्थानकै आङ्गिकमध्येका चितवन इन्जिनियरिङ क्याम्पसमा २४ वटा सिटमध्ये दुई वटा मात्रै रिक्त छ ।

सम्बन्धन प्राप्त क्याम्पसमध्ये सबैभन्दा धेरै विद्यार्थी नेसनल कलेज अफ इन्जिनियरिङमा सबै विषयमा गरेर २४० वटा विद्यार्थी सिट भर्ना क्षमता भएकोमा २०७ जना भर्ना भइसकेका छन् । सबैभन्दा थोरै विद्यार्थी जनकपुर इन्जिनियरिङ क्याम्पसमा भएका छन् । विभिन्न विषयका गरेर १९२ विद्यार्थी भर्ना क्षमता भएको यो क्याम्पसमा २१ जना मात्रै भर्ना भएका छन् । जुन कुल भर्ना क्षमताको ११ प्रतिशत मात्रै हो ।

अहिले आकर्षक विषयमा समेत विद्यार्थी भर्ना नभएर धेरै कोटा रिक्त रहेको चर्चा चल्ने गरेको छ तर विद्यार्थी भर्नाका क्रम अझै जारी रहेको हुनाले बजारमा हल्ला भए अनुसार विद्यार्थी कोटा रिक्त नभएको संस्थानका डिन प्राडा शशिधरराम जोशीले बताए ।

उहाँका अनुसार प्रवेश परीक्षामा प्राप्ताङ्कका आधारमा विद्यार्थी भर्नालाई प्राथमिकतामा राखिएको छ । जस अनुसार भर्नाका लागि विद्यार्थीको तेस्रो सूची प्रकाशन गरिएको छ । उनले यो सूचीका विद्यार्थी भर्नामा आएपछि फेरि अर्को सूची निकालिने बताउनुभयो । उहाँका अनुसार विगतमा यस्ता विद्यार्थीको १२ वटासम्म सूची प्रकाशन गरिएको थियो । उनले भने, “विगतको तुलनामा भर्ना हुने विद्यार्थीको सङ्ख्यामा केही कमी आउला तर बजारमा हल्ला चले जस्तो विद्यार्थी अभाव भएको चाहिँ होइन ।”

सानेपास्थित सगरमाथा इन्जिनियरिङ क्याम्पसमा प्राचार्य रमेश श्रेष्ठले पनि भर्ना प्रक्रिया जारी रहेकाले अहिले नै विद्यार्थी अभाव भयो भनेर हल्ला गर्नु बेकार भएको बताए ।

इन्जिनियरिङ सङ्कायमा भर्नाका लागि संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा छ हजार उत्तीर्ण भएका थिए । प्रवेश परीक्षामा १४ हजारको हाराहारीमा सहभागी थिए ।

इन्जिनियरिङको पढाइ कुरेर बसेका विद्यार्थीको नियमित कक्षा भने आगामी माघ महिनादेखि मात्रै सञ्चालन गर्ने संस्थानले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० 0८:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट