sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेता लेखनाथले प्रचण्डलाई हाने सटाएर

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:0८
नेता लेखनाथले प्रचण्डलाई हाने सटाएर
  • लुम्बिनी विकास कोषको अभियान गोकर्ण रिसोर्टमा पुगेर सकियो 
  • लेखनाथद्वारा सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष
  • प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर धारणा सार्वजनिक

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोचना भएको थियो । पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए । उनैलाई प्रचण्डले पाँच वर्षका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा गत साउनमा नियुक्त गरेपछि सरकारको आलोचना भएको थियो ।

अहिले फेरि प्रचण्डकी नातिनी (भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरी) को बिहे शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विषयलाई लिएर पनि कतिपयले आलोचना गरिरहेका छन् । माओवादी केन्द्रले अहिले चलाइरहेको रुपान्तरण अभियानको बेलामा जनयुद्ध लडेर आएका नेताको परिवारका सदस्यको बिहेको तामझाम बहसको विषय बनिरहेको छ ।नेतृत्वको आलोचना गर्न नडराउने नेताको रुपमा चिनिने लेखनाथ न्यौपानेले लुम्बिनी विकास कोषमा विवादित लामाको नियुक्ति र प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid