April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कोरोनाको नयाँ भेरियन्टबाट जोगिनु चै पर्छ, डराउनु पर्दैन

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १६:५८
कोरोनाको नयाँ भेरियन्टबाट जोगिनु चै पर्छ, डराउनु पर्दैन
  • सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूको भनाइ 
  • जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने
  • स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउनसक्ने जोखिम

काठमाडौं ।।

कोभिड-१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ । सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ ।

म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने उनले बताए । डा. पुन भन्छन्, ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो, जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन ।’

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जेएन–१ भेरियन्ट पहिलो पटक सेप्टेम्बर अमेरिकामा पत्ता लागेको थियो । यो ओमिक्रोन भेरिएन्टको ‘सब भेरिएन्ट’ हो । विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रुपमा फैलन सक्ने बताएको छ । विगतको ट्रेन्ड हेर्ने हो भने भारतमा संक्रमण फैलिएको केही समयपछि नेपालमा देखिएको थियो । अहिले भेटिएको नयाँ भेरियन्ट भारतको विभिन्न ठाँउमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।

डा. पुन भने कडा खालको रुवाखोकी र ज्वरोका बिरामी बढ्दै गएकाले जेएन–१ नेपालमा फैलिएको हुनसक्ने आंकलन गर्छन् । ‘केही हप्तादेखि मानिसमा कडा खालको खोकी देखिएको छ’ डा. पुन भन्छन्, ‘भारतमा जेएन–१ पुष्टि भएसँगै हामीकहाँ फैलिएको हुनसक्छ । तर यसबारे कुनै अनुसन्धान भएको छैन ।’

संक्रमण धेरै फैलिएपनि स्वास्थ्यमा गम्भीर खतरा कम हुने विज्ञहरुको विश्लेषण छ । धुलिखेल अस्पतालका मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठ भन्छन्, ‘खोपको कभरेज राम्रो भएकाले नयाँ भेरियन्टसँग अत्तिनु पर्दैन ।’ तर वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउनसक्ने जोखिम त छ । त्यसैले पहिला जोखिमयुक्त वर्गलाई खोप दिनुपर्ने डा. पुन बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकी नागरिकले मापदण्डको पालना गर्नतर्फ बढी संवेदनशील हुनुपर्ने बताउँछन् । उनका अनुसार भारतमा संक्रमण बढ्दै गएको अवस्थामा त्यसको असर चाँडै देखिने भएको मन्त्रालयले आवश्यक तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्य संस्थालाई दिर्नेशन दिइसकेको छ । ‘केही देशमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै प्रवेश विन्दुका हेल्थ डेस्क परीक्षणको आवश्यक थालिएको छ,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘मन्त्रालयले निगरानी बढाउने र खोपलाई प्राथमिकता दिनेतर्फ लागेको छ ।’

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट