sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

साइरनले नटेरेपछि हात्ती धपाउन ड्रोनको प्रयोग

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:0४
साइरनले नटेरेपछि हात्ती धपाउन ड्रोनको प्रयोग
  • हात्ती धपाउन ड्रोनबाट गस्ती सुरु 
  • साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन

विराटनगर ।।

भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् । बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो । सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए । ‘एम्बुलेन्स र दमकलको साइरनबाट भाग्ने हात्ती अहिले थेतरो भएछन्, भाग्नै छाडे,’ उनले भने, ‘ड्रोनको प्रयोग गर्दा बस्ती निस्किएका हात्ती जंगलतर्फ भागिरहेका छन्, कति प्रभावकारी हुन्छ हेरौं ।’

करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ । स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ । अनिल प्रधानसहितको टोलीले साइरन जडान गरिएको ड्रोनबाट हात्ती धपाइरहेका छन् । साइरन जडान गरिएको ड्रोनले हात्ती भगाउन सजिलो पनि भएको छ । उनका अनुसार साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ । हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको प्रधानले बताए । ड्रोनबाट बस्ती र बालीनालीमा पस्ने हात्ती धपाउन सजिलो हुने उनको अनुभव छ ।

भारतबाट छिरेको हात्तीको आक्रमणबाट तीन जिल्लामा एक महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको मृत्यु भएको हो । यी जिल्लामा ६० भन्दा बढी हात्तीको छुट्टा छुट्टै बथान छ । हात्तीको आक्रमणबाट ४ पुसमा हल्दिबारी गाउँपालिका-२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको थियो । मंसिर १८ गते बेलबारी १० भाउन्नेमा ५३ वर्षीय कमल माझीको मृत्यु भएको थियो । १५ मंसिरमा झापाको हल्दिबारी–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई डिउटीमै रहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

१३ मंसिरमा हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका-२ का रविन खड्काको मृत्यु भएको थियो । ५ मंसिरमा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट तीन जिल्लामा ६ जना घाइते  भएका छन् । हात्तीकै कारण झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा गरी ३७ लाख ८५ हजार बराबरको भौतिक क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid