May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक

गाई काटेको आरोपमा ३ जना पक्राउ

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १६:0४
गाई काटेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन। पालिकाको वडा १० भावपुरबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाईको मासु काटि भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले विक सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विक सहित बुद्धभूमि नगरपालिका १० बस्ने वर्ष ५५ का वर्षाति थारु, रुपन्देही जिल्ला कन्चन गाउँपालिका ५ बस्ने वर्ष ३० का श्रीधर टमार रहेका छन् । उनिहरुबाट अन्दाजी १०० केजी गाईको मासु समेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।