sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टेरामक्सले सरकारदेखि जनतासम्म सबैको कल डिटेल निकाल्छ त्यसैले यो काम तुरुन्त रोकौँ : प्रदीप यादव

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:२७
टेरामक्सले सरकारदेखि जनतासम्म सबैको कल डिटेल निकाल्छ त्यसैले यो काम तुरुन्त रोकौँ : प्रदीप यादव
  • प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत
  • “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गरिन्छ 
  • ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमै कायम 

काठमाडौं ।।

प्रतिनिधिसभाका सांसद प्रदीप यादवले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ कानुन विपरीत भएको र यसले कल डिटेलको दुरुपयोग हुने बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद यादवले गोपनीयता भंग नगरी कानुन बनाएर जानुपर्नेमा प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत भएको टिप्पणी गरे ।

बैठकमा बोल्दै उनले भने, “प्राधिकरण कानुन नबनाइ किन अघि बढ्यो ? अदालतले आदेश लिएर मात्र कल डिटेल निकाल भन्छ । सचिवबाट जवाफ चाहान्छु, अहिले कल डिटेल निस्कन्छ कि निस्कदैन ?” उनले अगाडि थपे, “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गर्छन् । उपसमिति बनाएर अध्ययन गरेर अघि बढौँ । कानुन बनाएर अघि नबढेसम्म यो लागु नगरौँ । तुरुन्त रोकौँ ।”

उनले दूरसञ्चार प्राधिकरण कुनै खुफिया एजेन्सी नभएको र लेखा समितिलाई अरुले पंगु बनाउने काम गरिरहेको उनको टिप्पणी छ । प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid