काठमाडौं ।।
नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् । यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती दिँदै धरानमा विमानस्थल नबन्ने बताएका हुन् । महानगरका मेयर साम्पाङले धरानमा जसरी भएपनि विमानस्थल बनाउनु पर्ने अडान लिँदै आएका छन् ।