May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

राजनीतिक दलहरूले हेलिकोप्टर प्रयोग खर्च नबुझाएकोमा खैलाबैला

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:५१
राजनीतिक दलहरूले हेलिकोप्टर प्रयोग खर्च नबुझाएकोमा खैलाबैला
  • हेलिकोप्टर खर्चको विवरण अझै बुझाइएन 
  • राजनीतिक दलहरूले प्रचारप्रसारका क्रममा हेलिकोप्टर प्रयोग खर्च 
  • खर्च विवरण बुझाउन भन्दै दलहरूसित स्पष्टीकरण सोधियो 

काठमाडौं ।।

०७९ को निर्वाचनमा राजनीतिक दलका नेताले प्रयोग गरेको हेलिकोप्टर खर्चको विवरण अझै नबुझाएको जनाइएको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आफ्नो १७औँ वार्षिक प्रतिवेदनमा हेलिकोप्टरको खर्च विवरण दलहरूले कहाँबाट व्यहोरेको भन्ने विवरण नबुझाएको उल्लेख छ ।

“राजनीतिक दलहरूले प्रचारप्रसारका क्रममा हेलिकोप्टर प्रयोग गर्न सहमति प्रदान गरिएको सम्बन्धमा हेलिकोप्टर प्रयोग भएको स्थान र हेलिकोप्टर प्रयोग गर्दा भएको खर्च कुन–कुन उमेदवारको खर्चबाट व्यहोरिएको हो सोको विवरण आयोगमा पेस गर्ने गरी सहमति प्रदान गरिएकोमा त्यस्तो विवरण आयोगमा पेस भएको छैन,” आर्थिक वर्ष ०७९/८० को प्रतिवेदनमा आचरसंहिता शीर्षकमा उल्लेख छ ।

निर्वाचन आचारसंहिता उल्लंघन भएको गुनासोपछि आयोगले खर्च विवरण बुझाउन भन्दै दलहरूसित स्पष्टीकरण सोधेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीले चुनाव प्रचारसम्बन्धी कार्यका निम्ति सरकारी साधनस्रोतको प्रयोग गरेको गुनासो प्राप्त गरेको आयोगले जनाएको थियो । त्यति बेलै आयोगले खर्चको व्ययभार सरकारी कोषमा पर्छ कि भन्दै जवाफ मागेको थियो ।

०७९ कै निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हेलिकोप्टर प्रयोगको अनुमति पाएका थिए । उनले होलिकोप्टर प्रयोग गरेर चुनावको प्रचार गरेका थिए । यस्तै, तत्कालीन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग गरेका थिए । तर, आयोगले उनलाई हेलिकोप्टरको प्रयोग अनुमति दिएको थिएन ।

उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको थियो । आयोगले भने उनले निर्वाचन प्रचारमा हेलिकोप्टरको प्रयोग गरेको आफ्नो जानकारीमा नरहेको जनाएको थियो । प्रमुख राजनीतिक दलका शीर्ष नेताले हेलिकोप्टर चढ्न अनुमति पाए पनि त्यसको विवरण बुझाउन जिम्मेवार नदेखिएकाले प्रतिवेदमा सो विषय उल्लेख गरिएको आयोग स्रोतको भनाइ छ । “मुख्य राजनीतिक दलका प्रतिनिधिले हेलिकोप्टर प्रयोगको अनुमति पाएका थिए, आयोगले स्पष्टीकरण पनि सोधेकै हो । तर, विवरण बुझाइएन,” आयोग भन्यो ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्