May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १0:५१
जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम

काठमाण्डाै – देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती ठाउँको तापक्रम अझै केही दिन शून्यभन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यका र अरु ठाउँमा पनि चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आज पनि हिमपातको सम्भावना छ ।

तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ ।

  • साझा परिवेश
  • -