April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

यस्ता छन् हाँस्नुकाे फाइदा!

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १३:४२
यस्ता छन् हाँस्नुकाे फाइदा!

भनिन्छ, तपाईंको मुस्कानले अगाडिको दिन बनाउन सक्छ। हो, तर यो मुस्कान अगाडिको लागि मात्र होइन, तर आफ्नो लागि पनि लाभदायक हुन सक्छ।

जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ। हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ। हाँसो सर्वसुलभ प्राकृतिक औषधि नै हो। खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिने चिकित्सकले बताएका छन् । मानिस हाँस्दा मानिसको सबै मांशपेशी सक्रिय हुनेछन् । रक्त सञ्चार पनि राम्रो हुने गर्छ । यसले मानिसको शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्ने गर्छ । त्यसैले हाँस्नु स्वास्थ्यको लागि राम्रो हुनसक्ने बताइएको हो ।
यहाँ हाँस्नुका केही फाइदा उल्लेख गरिएको छ –

हृदयाघात हुने सम्भावना कम

हाँस्नुले मुटुको पनि अभ्यास हुन्छ । रक्त सञ्चार पनि राम्रो हुनेछ । हाँस्दा शरीरमा एन्डोर्फिन नामको रसायन निस्किन्छ । यसले मानिसको मुटुलाई बलियो बनाउन सहयोग गर्छ । केही अनुसन्धानले हाँस्दा मानिसमा हृदयाघातको सम्भावना पनि कम हुने देखाएका छन् ।

तनाव कम

हामी हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ। सो हर्मोनको काम तनाव कम गर्ने हो। वा दिल खोलेर हाँसेर तनाव व्यवस्थापन गर्न सकिन्छ। तनावकै कारण हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ। कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो।

स्वस्थ जीवन

हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन्। जसकारण हाम्रो शरीरमा ऊर्जा उत्पन्न हुन्छ। खुलेर हाँस्दा शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ। साथै अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ।

व्यवसायमा सफल

व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ। अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ। मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ। जो व्यवसायीका लागि सकारात्मक पक्ष हो। हँसिला मानिस मात्र व्यवसायमा सफल छन भन्ने प्रमाणित भइसकेको तथ्य हो।

सकारात्मक ऊर्जा पैदा

जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ। यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ। अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ। खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन। बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ। अनि, बिहानैदेखि खुसी छाउँछ।

सधैं युवा देखिनु

सधैं हँसिलो देखिनु हाम्रो स्वास्थ्यको हिसाबमा निकै राम्रो मानिन्छ । हाँस्दा मानिसको अनुहारको १५ किसिमको मांशपेशीले एक साथ काम गर्छन् र राम्रोसँग रक्तसञ्चार पनि हुन्छ । यसकारण अनुहारमा सधैं चम्किलोपना र निखार आउँछ ।

एजेन्सीकाे सहयाेगमा

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट