May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड

एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:२४
एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

काठमाडौं । नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एलबम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर्चा कमाएको कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् ।

यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । कर्मा व्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुप अन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिरहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विजय अधिकारीका अनुसार व्याण्डको एलबमको गीतहरुको रेकर्ड पुरा गरेर हाल धमाधम भिडियो निर्माणको काम भइरहेको छ । ‘भिडियो निर्माणको काम सकेपछि औपचारिक रुपमा एलबम सार्वजनिक गर्नेछौं’, उनले भने ।

कर्माको ‘हेर’ छैटौं एलबम हो । यसअघि ब्याण्डले सन् १९९९ मा पहिलो एलबम ‘सहर तिम्रो’, सन् २००० मा दोस्रो एलबम ‘हुक्का’, सन् २००३ मा ‘एसएमएस’, सन् २००७ मा ‘कर्मा’ र सन् २०१३ मा ‘नयाँ सपना’ एलबम बजारमा ल्याएको थियो ।
केही वर्षदेखि अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको ब्याण्डले क्यानडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ । ‘हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा श्रोताहरूले मनपराउनुभएको छ,’ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । त्यसकारण श्रोता तथा दर्शकहरूमाझ पुग्न यसपटक नयाँ एलबम ल्याउँदैछौं ।’

ब्यान्डको ‘हुक्का मेरो’, ‘कहाँ होला घरबार’, ‘मार्यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’ गीत हिट छन् । ब्याण्डले गत वर्ष ‘कारबारी छाता’ सार्वजनिक गरेको थियो ।
ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्राचार्य र रिग्जिन वाङ्देल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले छन्

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।