May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:00
फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड–१९ को फाइजर खोप लगाइने भएको छ ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो ।

दुईवटा खोप लगाइसकेका र खोप कार्ड भएका ५० वर्ष उमेर कटेकालाई खोप लगाइने महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।

कोभिडको जोखिम बाँकी नै रहेकाले खोप लगाउने तयारी गरिएको उनको भनाइ छ ।

महानगरअन्तर्गतका स्वास्थ्य चौकी र केन्द्रबाट फाइजर खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयबाट मोरङका लागि प्राप्त १० हजार खोपमध्ये ६ हजार फाइजर खोप विराटनगर महानगरलाई उपलब्ध गराइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

जनघनत्व बढी भएका कारण विराटनगरमा ६ हजार डोज खोप उपलब्ध गराइएको मेहताले बताए ।

महानगरका सबै स्वास्थ्य चौकीबाट पहिलो चरणमा ५० वर्ष उमेर नाघेका र यसअघि दुईवटा खोप लगाइसकेका व्यक्तिहरुलाई फाइजर खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।

यसैबीच, फागुन १३ देखि २२ गतेसम्म दादुरा–रुवेलाको खोप पनि लगाइने भएको छ । महानगरका खोप अधिकृत अमरदीप देवका अनुसार ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाउने तयारी भएको छ ।

बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको देवले जानकारी दिए । खोपका विषयमा महानगरले शुक्रबार सरोकारवालासित छलफलसमेत गरेको छ ।

छलफलमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरे, १३ का सूर्यलाल यादवसहित विभिन्न वडाका अध्यक्ष, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापा, कानुन शाखा प्रमुख शारदा थपलिया, स्वास्थ्य महाशाखाका दिलीप यादवलगायतको उपस्थिति थियो ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट