sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:00
फागुन १ गतेदेखि विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड–१९ को फाइजर खोप लगाइने भएको छ ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो ।

दुईवटा खोप लगाइसकेका र खोप कार्ड भएका ५० वर्ष उमेर कटेकालाई खोप लगाइने महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।

कोभिडको जोखिम बाँकी नै रहेकाले खोप लगाउने तयारी गरिएको उनको भनाइ छ ।

महानगरअन्तर्गतका स्वास्थ्य चौकी र केन्द्रबाट फाइजर खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयबाट मोरङका लागि प्राप्त १० हजार खोपमध्ये ६ हजार फाइजर खोप विराटनगर महानगरलाई उपलब्ध गराइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

जनघनत्व बढी भएका कारण विराटनगरमा ६ हजार डोज खोप उपलब्ध गराइएको मेहताले बताए ।

महानगरका सबै स्वास्थ्य चौकीबाट पहिलो चरणमा ५० वर्ष उमेर नाघेका र यसअघि दुईवटा खोप लगाइसकेका व्यक्तिहरुलाई फाइजर खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।

यसैबीच, फागुन १३ देखि २२ गतेसम्म दादुरा–रुवेलाको खोप पनि लगाइने भएको छ । महानगरका खोप अधिकृत अमरदीप देवका अनुसार ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाउने तयारी भएको छ ।

बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको देवले जानकारी दिए । खोपका विषयमा महानगरले शुक्रबार सरोकारवालासित छलफलसमेत गरेको छ ।

छलफलमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरे, १३ का सूर्यलाल यादवसहित विभिन्न वडाका अध्यक्ष, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापा, कानुन शाखा प्रमुख शारदा थपलिया, स्वास्थ्य महाशाखाका दिलीप यादवलगायतको उपस्थिति थियो ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid