April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको बिषयमा के भन्छन कोशी प्रदेशका मुख्यमन्त्री कार्की ?

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:१९
फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको बिषयमा के भन्छन कोशी प्रदेशका मुख्यमन्त्री कार्की ?

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले फर्स्ट बेञ्चर र लास्ट बेञ्चर विद्यार्थीको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नुपर्ने बताएका छन् ।

स्थानीय पत्रिका ‘न्यू सृष्टि दैनिक’को वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताए ।

‘फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैन र गर्नपनि मिल्दैन,’ उनले भने, ‘अल्बर्ट आइन्स्टाइन लगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएको बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाको शिक्षा र ज्ञानको मापन नम्बरमा नै खोजिरहेका छन् ।’

त्यसैले अब अहिलेको शैक्षिक व्यवस्था बदलेर अब्बल नागरिक बनाउने व्यवस्थामा जानुपर्ने मुख्यमन्त्री कार्कीले बताए । शिक्षा र ज्ञान फरक विषय भएको सबैले बुझ्नु आवश्यक भएको उनको भनाइ थियो ।

‘सामुदायिक विद्यालयहरूमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै भाषामा शिक्षा दिएर विद्रोहको बिऊ रोपिरहेको छ,’ उनले भने, ‘धनी भएको कारण अंग्रेजी र गरिब भएकाले नेपाली माध्यममा शिक्षा प्राप्त गरेको असर बालबालिकामा कस्तो पर्छ भन्ने बुझ्नु पर्दैन ?’ विद्यालयको एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन नमिल्ने उनले बताए ।

‘त्यही गरिब विद्यार्थीले विभेदकारी शिक्षाविरूद्ध विद्रोह गर्यो भने के गर्ने ?’, उनले भने, ‘त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्ञ्जेल अभियान जारी राख्छु ।’

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट