sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको बिषयमा के भन्छन कोशी प्रदेशका मुख्यमन्त्री कार्की ?

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:१९
फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको बिषयमा के भन्छन कोशी प्रदेशका मुख्यमन्त्री कार्की ?

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले फर्स्ट बेञ्चर र लास्ट बेञ्चर विद्यार्थीको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नुपर्ने बताएका छन् ।

स्थानीय पत्रिका ‘न्यू सृष्टि दैनिक’को वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताए ।

‘फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैन र गर्नपनि मिल्दैन,’ उनले भने, ‘अल्बर्ट आइन्स्टाइन लगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएको बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाको शिक्षा र ज्ञानको मापन नम्बरमा नै खोजिरहेका छन् ।’

त्यसैले अब अहिलेको शैक्षिक व्यवस्था बदलेर अब्बल नागरिक बनाउने व्यवस्थामा जानुपर्ने मुख्यमन्त्री कार्कीले बताए । शिक्षा र ज्ञान फरक विषय भएको सबैले बुझ्नु आवश्यक भएको उनको भनाइ थियो ।

‘सामुदायिक विद्यालयहरूमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै भाषामा शिक्षा दिएर विद्रोहको बिऊ रोपिरहेको छ,’ उनले भने, ‘धनी भएको कारण अंग्रेजी र गरिब भएकाले नेपाली माध्यममा शिक्षा प्राप्त गरेको असर बालबालिकामा कस्तो पर्छ भन्ने बुझ्नु पर्दैन ?’ विद्यालयको एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन नमिल्ने उनले बताए ।

‘त्यही गरिब विद्यार्थीले विभेदकारी शिक्षाविरूद्ध विद्रोह गर्यो भने के गर्ने ?’, उनले भने, ‘त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्ञ्जेल अभियान जारी राख्छु ।’

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid